Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images
मन्त्रिपरिषद बैठक

राजस्व अनुसन्धान विभाग , भन्सार विभाग , आन्तरिक राजस्व विभाग , सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकसहित पाँच दर्जन सहसचिवहरूको सरुवा


नया सडक

२०८१, साउन ३२ शुक्रबार

  • 2.5k
    Shares

  • राजस्व अनुसन्धान विभाग , भन्सार विभाग , आन्तरिक राजस्व विभाग , सम्पत्ति शुद्धीकरण विभागका महानिर्देशकसहित पाँच दर्जन  सहसचिवहरूको सरुवा

    काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले राजस्व अनुसन्धान विभाग, भन्सार विभाग , आन्तरिक राजस्व विभाग सम्पत्ति शुद्धीकरण विभागसहित पाँच दर्जन  सहसचिवहरूको सरुवा गरेको छ ।

    बिहीबार रातिसम्म चलेको मन्त्रिपरिषद बैठकले ८ जना सहसचिवहरूलाई अर्थमन्त्रालयमा सरुवा गरेको छ । यस्तै ५ जना सहसचिवलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा  र ४ जनालाई परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको स्रोतले बताएको छ ।
    प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अन्तर्गतको राजस्व अनुसन्धान विभागका महानिर्देशक चक्रबहादुर बुढाको राष्ट्रिय सुरक्षा परिषदमा सरुवा भएको छ । यस्तै आन्तरिक राजस्व विभागका महानिर्देशक शिवलाल तिवारीलाई प्रदेश प्रमुखको कार्यालय कर्णाली प्रदेश लगिएको छ । भन्सार विभागका महानिर्देशक ढुण्ढी प्रसाद निरौलालाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरुवा गरिएको छ ।
    समाचार स्रोतका अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरुवा गरिएका सहसचिवहरूमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चण्डीप्रसाद  घिमिरे ,संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव कृष्णकुमारी श्रेष्ठ, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भुसाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका विनोदबहादुर कुँवर , संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव सुमन दाहाललाई सरुवा गरिएको छ ।

    हिजो बसेको मन्त्रिपरिषदको बैठकले मन्त्रालयका  नरेन्द्र बहादुर रानालाई लोकसेवा आयोग, महालेखा नियन्त्रक कार्यालयका नारायणप्रसाद सापकोटालाई निर्वाचन आयोग , अर्थमन्त्रालयका टोकराज पाण्डेलाई गृहमन्त्रालय , अर्थमन्त्रालयकै  रितेश शाक्य र टंकप्रसाद पाण्डेलाई संघीयमामिला तथा सामान्य प्रशासन मन्त्रालय सरुवा गरेको छ ।यसैगरी सामाजिक विकास मन्त्रालय कोशी प्रदेशका सचिव लक्ष्मी प्रसाद भट्टराईलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, लोकसेवा आयोग बागमतीकी सचिव नीता पोखरेल अर्यालको निर्वाचन आयोग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका डा. नारायणप्रसाद रेग्मीको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका  अर्जुन भण्डारीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, राजस्व अनुसन्धान विभागका पूर्व महानिर्देश नवराज ढुंगानाको सुदुर पश्चिम प्रदेशमा सरुवा गरिएको छ ।

    नारायणप्रसाद भट्टराईलाई राष्ट्रिय सतर्कता केन्द्र , रक्षामन्त्रालयका सहसचिव लीलाप्रसाद शर्मालाई गृहमन्त्रालय,  पुष्कर न्यौपानेलाई प्रदेशप्रमुखको कार्यालय कोशी प्रदेश, शंकर नेपाललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश, हेमराज तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी प्रदेश, पर्यटन विभागका महानिर्देशक रुद्रपण्डितलाई राष्ट्रिय योजना आयोग, वैदेशिक रोजगार कार्यालयका रामकृष्ण लामिछानेलाई पर्यटन मन्त्रालय, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका महानिर्देशक कमलप्रसाद भट्टराईलाई राष्ट्रिय सूचना आयोग, गृहमन्त्रालयका सूर्यबहादुर खत्रीलाई श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, प्रदीप कुमार कोइरालालाई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, परराष्ट्रका ईश्वर राज पौडेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय बागमती प्रदेशमा सरुवा गरिएको छ ।

    लुम्बिनी प्रदेशका निराजन घिमिरेलाई राष्ट्रपति कार्यालय, पुष्पराज शाहीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कर्णाली प्रदेश, चन्द्रकला पौडेललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दीपक नेपाललाई महिला , बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, राजेश्वर ज्ञावालीलाई राष्ट्रिय योजना आयोग,ऋषिराम तिवारीलाई गृहमन्त्रालय, रमेश ढकाललाई गृहमन्त्रालय, भूपेन्द्र थापालाई बागमती प्रदेश, शिवराज पोखेरलाई वाणिज्य तथा आपूर्ति मन्त्रालय, रघुराम विष्टलाई गण्डकी प्रदेश,ज्ञानहरि घिमिरेलाई महिला बालबालिका  तथा जेष्ठ नागरिक मन्त्रालयमा सरुवा गरिएको छ ।यस्तै रामकुमार महतोलाई लोकसेवा आयोग, बाबुराम गौतमलाई गण्डकी प्रदेश, कृष्णप्रसाद लम्साललाई गृहमन्त्रालय, खोमराज कोइरालालाई राष्ट्रिय योजना आयोग, हुमकला पाण्डेलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालमा सरुवा गरिएको समाचार स्रोतले बताएको छ ।

    प्रतिक्रिया दिनुहोस