Logo

Oct 25 2025 | २०८२, कात्तिक ८गते

Oct 25 2025 | २०८२, कात्तिक ८गते

images

एम्बुलेन्स खरिदका लागि तत्काल ३३ लाख रुपैयाँ दिन प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

एम्बुलेन्स खरिदका लागि तत्काल ३३ लाख रुपैयाँ दिन प्रदेश सरकारसँग सांसद श्रेष्ठको माग

  • काठमाडौं । बागमती प्रदेश सभाका सांसद तथा बागमती प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले रेडक्रस शाखा सिन्धुलीलाई एम्बुलेन्स खरिदका लागि तत्काल रकम विनियोजन गर्न गर्न प्रदेश सरकारलाई आग्रह गरेका छन् ।

    सांसद श्रेष्ठले सिन्धुलीको चियाबारी–खुर्कोट सडक खण्ड दुर्घटनाको उच्च जोखिममा रहेको भन्दै दुर्घटनामा परेकाहरुलाई उद्धार तथा उपचारमा सहजता ल्याउनका लागि एम्बुलेन्स खरिद गर्नु आवश्यक रहेको बताए ।

    उनले आफु प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा एम्बुलेन्स खरिदका लागि आर्थिक वर्ष २०८१/०८२ को बजेटमा रेडक्रस शाखा सिन्धुलीलाई एम्बुलेन्स खरिद गरी सेवा सञ्चालन गर्न ३३ लाख रुपैयाँ बजेट विनियोजन गरेको बताए । सांसद श्रेष्ठले एम्बुलेन्स खरिदका लागि विनियोजित सो रकम यथाशीघ्र निकासा गरी कार्यान्वयन गर्न माग गरे ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij