Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

क्रियाशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट सुर्खेत साधारण सभायताका सदस्यतासम्बन्धी म्यान्युट प्रतिलिपि माग


नया सडक

२०८१, भदौ २ आइतबार

  • 519
    Shares

  • क्रियाशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट सुर्खेत साधारण सभायताका सदस्यतासम्बन्धी म्यान्युट प्रतिलिपि माग

    काठमाडौं । क्रियशील पत्रकारहरूको साझा मोर्चाको तर्फबाट नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेललाई  निर्वाचन गराउन दबाब दिँदै एक ज्ञापन पत्र बुझाएको छ । योगेन्द्रप्रताप शाहीको नेतृत्वमा गएको टोलीले पत्रकार महासंघका अध्यक्ष पोखरेललाई सो ज्ञापन पत्र बुझाएको हो ।

    press release 1.jpeg

    निर्वाचन प्रक्रिया पूरा नगराए केन्द्रीय समितिलाई सामूहिक राजीनामा दिन समेत सो ज्ञापन पत्रमा भनिएको छ । अन्यथा आन्दोलन गर्ने चेतावनी पनि दिइएको छ ।साथै मोर्चाले पत्रकार महासंघले सुर्खेत साधारण सभादेखि हालसम्म भइआएका सदस्यता नवीकरण र नयाँ सदस्यता वितरण तथा सम्पन्न महाधिवेशनसम्बन्धी भएका निर्णयहरूको माइन्युट उतारको प्रतिलिपि पनि माग गरेको छ ।

    release.jpeg

    महासंघबाट माग गरिएका विषयमा मोर्चाले प्रधानमन्त्री कार्यालय,गृहमन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, जिल्ला प्रशासन कार्यालय, राष्ट्रिय सूचना आयोग र सूचनाको हक महासंघ समेतलाई बोद्धार्थ जानकारी गराइएको छ ।

    प्रतिक्रिया दिनुहोस