Logo

Jun 17 2025 | २०८२, असार ३गते

Jun 17 2025 | २०८२, असार ३गते

images

डा. गोविन्द केसीद्वारा  मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मेडिकल कलेज खोल्न दिएको फैसला खारेज गर्न सर्वोच्चमा पुनरावलोकनको निवेदन, होला र दर्ता ?

डा. गोविन्द केसीद्वारा  मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई मेडिकल कलेज खोल्न दिएको फैसला खारेज गर्न सर्वोच्चमा पुनरावलोकनको निवेदन, होला र दर्ता ?

  • काठमाडौं। डा. गोविन्द केसीले मेडिकल व्यवसायी दुर्गा प्रसाईले सञ्चालन गरेको झापाको बीएण्डसी मेडिकल कलेजको पक्षमा भएको फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिएका छन् ।डा. केसीले आफू मुद्दाको प्रत्यक्ष सरोकारवाला नभएको अवस्थामा पनि  फैसला सच्याउनुपर्ने माग राखेर सर्वोच्चमा निवेदन दिएका हुन् ।

     फैसला त्रुटिपूर्ण भएकाले त्यसको पुनरावलोकन हुनुपर्ने र बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिनु भन्ने आदेश खारेज हुनुपर्ने माग राखी उनले पुनरावलोकनको निवदेन दिएका छन् । अदालतबाट भएको आदेश वा फैसला चित्त नबुझ्ने पक्षले त्यसलाई बदर गर्न माग राखी निवेदन दिन पाउने र त्यसका लागि निवेदन दिने व्यक्ति सरोकारवाला हुनुपर्ने व्यवस्था भएपनि डा. कोसीेले आफू पक्ष नभएपनि निवेदन दिएको बताएका छन् ।

    बीएण्डसी मेडिकल कलेजले दुई पटक सर्वोच्च अदालतमा रिट निवेदन दिएको थियो र पछिल्लो रिटनिवेदनको सुनुवाईपछि सर्वोच्च अदालतबाट सम्बन्धन दिनु भनी आदेश भएको हो ।दुवै रिट निवेदनमा डा. गोविन्द केसीलाई विपक्षी बनाइएको छैन। बरु उक्त मुद्दामा आफ्नो पनि सरोकार रहेको भन्दै शशी विक्रम कार्कीले सर्वोच्च अदालतमा निवेदन दिएका थिए ।

    रिट निवेदनको पक्ष÷विपक्षसँग प्रत्यक्ष रुपमा नजोडिएका डा. केसीले फैसला त्रुटीपूर्ण भएको भन्दै आइतबार सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिए।डा. केसीले पेश गरेको निवेदन सर्वोच्च अदालत प्रशासनले दर्ता गर्ने वा नगर्ने भनी निर्णय गर्छ । दर्ता गर्ने निर्णय भएमा तीन न्यायाधीश सम्मिलित पूर्ण इजलासले फैसलाको पुनरावलोकनका लागि अनुमती दिने वा नदिने भनी निर्णय गर्नेछ ।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij