Logo

Oct 27 2024 | २०८१, कात्तिक ११गते

images

ललितपुरको कुम्भेश्वर मन्दिर नजिकैको घरमा आगलागी


नया सडक

२०८१, भदौ ३ सोमबार

  • 612
    Shares

  • ललितपुरको कुम्भेश्वर मन्दिर नजिकैको घरमा आगलागी

    काठमाडौं । जनै पूर्णिमाका दिन व्रतालुहरूको सर्वाधिक घुइँचो हुने ललितपुरको कुम्भेश्वर मन्दिर नजिकैको एक घरमा बिहान आगलागी भएको छ ।कुम्भेश्वर महादेवको मन्दिर नजिकको घरमा  बिहान करिब ९ बजे आगलागी शुरु भयो ।

    घरको सबैभन्दा माथिल्लो तलामा लागेको आगो निभाउन ललितपुर महानगरपालिकाको दमकल आएको थियो ।आगो निभाउन ललितपुर महानगरपालिकाका नगर प्रहरीसहितको टोली खटिएको थियो । काठमाडौं महानगरपालिकाको दमकल पनि झिकाइएको थियो ।

    ललितपुरको महानगर प्रहरी प्रमुख सिताराम हाछेथुले २५ जना नगर प्रहरी, ३ वटा दमकल र एउटा पानी ट्यांकरको सहयोगमा आगो नियन्त्रणमा लिइएको जानकारी सार्वजनिक गरेका छन् ।

    उक्त घरको भुइँतलामा मेडिकल पसल र खाजा तथा मिठाइ पसलहरु छन् । कुम्भेश्वरमा आज जात्राको दिन परेकाले मिठाइहरु बनाउने काम जारी थियो । त्यहीबेला घरको दोस्रो तलामा आगो लागेको देखिएको थियो ।

    प्रतिक्रिया दिनुहोस