Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

धान रोपाइँ ९९ प्रतिशत जति सक्यो


नया सडक

२०८१, भदौ ३ सोमबार

  • 291
    Shares

  • धान रोपाइँ ९९ प्रतिशत जति सक्यो

    काठमाडौँ । यो वर्ष कुल रोपाइँ क्षेत्रको करिब ९९ प्रतिशतमा  रोपाइँ सकिएको छ ।पानी र रासायनिक मलसँगै यो वर्ष पौने १४ लाख हेक्टर क्षेत्रफलमा रोपाइँ भएको हो  । यो कुल रोपाइँ हुने क्षेत्रफलको करिब ९९ अर्थात् ९८.४ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

    मन्त्रालयका अनुसार मुलुकभर १३ लाख ९८ हजार ९ सय ८५.७३ हेक्टरमा रोपाइँ हुन्छ ।यो वर्ष भदौ २ सम्म १३ लाख ७७ हजार २ सय १६.५ हेक्टरमा रोपाइँ भएको  मन्त्रालयले जनाएको छ । गत वर्षको तुलनामा ६ प्रतिशतले रोपाइा बढी हो । ०८० भदौ १ सम्म ९२.४ प्रतिशत मात्रै रोपाइँ भएको थियो ।

    धानबालीका लागि पानीको उपलब्धता राम्रो भयो । पानीसँगै रासायनिक मल र बीउ पनि किसानहरूलाई उपलब्ध भएको मन्त्रालयको भनाइ छ । भदौ २ सम्म कोशीबाहेक अन्य ठाउँमा  रोपाइँ सकिएको छ । रोपाइँमा भएको उत्साहसँगै यो वर्ष धानको उत्पादकत्व बढ्ने अनुमान मन्त्रालयले गरेको छ । 

    आर्थिक वर्ष ०८०÷८१ मा धानको उत्पादकत्व प्रतिहेक्टर ४.९७ टन थियो । रोपाइँ भएको क्षेत्रफलबाट ५७ लाख २४ हजार २ सय ३४ टन धान उत्पादन भएको थियो ।  धानको उत्पादन यो वर्ष बढ्ने अपेक्षा मन्त्रालयको छ ।किसानलाई वर्षाको भरमा रोपाइँ गर्नुपर्ने बाध्यता छ । समयमै मनसुन सक्रिय भएर रोपाइँ सकिन लागेको हो ।

    करिब ६२ प्रतिशत परिवारको प्रमुख पेशा कृषि रहेको तथ्यांक छ । कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत छ । चामल मात्रैको कुल गार्हस्थ्य उत्पादनमा करिब ५ प्रतिशत हिस्सा छ । चालु आर्थिक वर्षमा यो हिस्सा बढ्न सक्ने अनुमान गरिएको छ।

    प्रतिक्रिया दिनुहोस