Logo

Sep 10 2025 | २०८२, भदौ २५गते

Sep 10 2025 | २०८२, भदौ २५गते

images

कृषि अनुदान लगेर काम नगर्ने किसानहरूको सूची सार्वजनिक गरिने

कृषि अनुदान लगेर काम नगर्ने किसानहरूको सूची सार्वजनिक गरिने

  • काठमाडौँ । कृषि अनुदान लगेर काम नगर्ने किसानहरूको सूची सार्वजनिक गरिने भएको छ ।कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि अनुदान लगेर काम नगर्ने किसानहरूको सूची सार्वजनिक गर्ने बताएका हुन् ।कृषिमन्त्री अधिकारीले सूची तयार गर्न मन्त्रालयका कर्मचारीहरूलाई आदेश दिइसकिएको जनाए ।

    कृषि मन्त्रालयले पछिल्लो पाँच÷सात वर्षमा अर्बौ रुपैयाँ अनुदान दिइसकिएको छ ।  केही दिनमा सूची सार्वजनिक गरिनेछ ।साथै उनले दशैँ अगाडि उखु किसानको आन्दोलन हुन नदिन उनीहरूको बक्यौता तिर्न रकम निकासाका लागि आग्रह गरिसकिएको बताए ।डेढ अर्ब रुपैयाँ उखु किसानलाई तिर्न बाँकी रहेको उनले जनाए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij