काठमाडौं । नेपाल प्रहरीको मानव बेचबिखन ब्यूरोले काठमाडौंको अनामनगरस्थित नेपाल संगीत उद्योग संघको कार्यालयमा छापा मारेको छ ।बुधबार दिउँसो पुगेको प्रहरी टोलीले संघको कार्यालय छापा मारेर केही कागजात र कम्प्युटर फेला पारेको हो ।
नकली कागजात बनाएर मानिसहरुलाई विदेश पठाउने गरेको सूचना पाएपछि अनुसन्धानका लागि ती कागजात र कम्प्युटर बरामद गरेको ब्यूरोले जनाएको छ ।संगीत उद्योग संघका पदाधिकारीको रोहबरमा छापा मारेको ब्यूरोका प्रमुख एसएसपी ओम रानाले जानकारी सार्वजनिक गरेका छन् ।