Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो


नया सडक

२०८१, भदौ ५ बुधबार

  • 486
    Shares

  • जिप दुर्घटनाका गम्भीर घाइतेलाई थप उपचारका लागि सुर्खेत पठाइयो

     

    सिमकोट । हुम्लाको चङ्खेली गाउँपालिकामा बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएका चार जनालाई थप उपचारका हेलिकप्टरमार्फत सुर्खेत लगिएको छ । 

     

    आज बिहान पालिकाको दार्मा गौरी सल्ला मोडमा जिप दुर्घटना भएको थियो । दुर्घटनामा परेका चालकसहित तीन जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको भने गम्भीर घाइतेलाई हेलिकप्टरमार्फत सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  

      

    गम्भीर घाइते भएका चङ्खेली गाउँपालिका–२ सुरेन्द्रबहादुर शाही, तिलबहादुर शाही र रारा छायाँनाथ नगरपालिका– १३ का रमेश मल्ल र रारा छायाँनाथ–१ का पृथ्वी राउतलाई सिम्रिक एयरको हेलिकप्टरबाट उद्धारगरी प्रादेशिक अस्पताल सुर्खेत लगिएको प्रहरी निरीक्षक नरेन्द्र चन्दले जानकारी दिनुभयो । स्थानीय स्वास्थ्यचौकीमा उपचार सम्भव नभएपछि उहाँहरूलाई सुर्खेत पठाइएको हो । 

       

    यस्तै दुर्घटनाका घाइते बाजुराको बूढीनन्दा नगरपालिका–४ का सवारी चालक महेन्द्रविक्रम शाह, १५ वर्षीय रविन शाही र चङ्खेली गाउँपालिका–२ का मायादेवी शाहीको अवस्था सामान्य रहेको छ । तीनै जनाको दार्मा स्वास्थ्यचौकीमा उपचार भइरहेको मिमी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक बालकृष्ण खड्काले जानकारी दिनुभयो । 

       

    कर्णाली प्रदेश ०२–००१ च ०९२२ बोलेरो जिप आज बिहान ८ बजेतिर दुर्घटनामा परेको थियो । सडकबाट एक सय ५० मिटर तल खसेको जिप स्थानीय खड्कबहादुर शाहीको घर पछाडिपट्टी अड्एिको छ ।

    प्रतिक्रिया दिनुहोस