Logo

May 03 2025 | २०८२, वैशाख २१गते

May 03 2025 | २०८२, वैशाख २१गते

images

बलम्बुको शंकास्पद वस्तु खाली प्रेसर कुकर भएको फेला,तर्साउन नराखिएको आशंका

बलम्बुको शंकास्पद वस्तु खाली प्रेसर कुकर भएको फेला,तर्साउन नराखिएको आशंका

  • काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिका–१२, बलम्बु स्कुल नजिकैको एक घर अगाडि फेला परेको शंकास्पद वस्तु खाली प्रेसर कुकर रहेको पाइएको छ । नेपाली सेनाको बम डिस्पोज टोलीले सो प्रेसर कुकर खाली फेला पारेको हो ।

    जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जनाए अनुसार तर्साउन मात्रै राखिएको हरियो प्लाष्टिकभित्र खाली प्रेसर कुकर राखिएको पाइएको छ ।राखिएको सो प्रेसर कुकर बुधबार दिउँसो सवा बजेतिर २ जना व्यक्तिले राखेर गएको सीसीटीभी फुटेमा देखिएको छ ।  ती व्यक्तिको भने पहिचान हुन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij