Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीहरूलाई तत्काल अवकाश नदिन सर्वोच्चको अन्तरिम आदेश

  • काठमाडौं । सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जान लागेका प्रहरी अधिकारीलाई तत्काल अवकाश नदिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।३० वर्षे सेवा अवधिका कारण १६ भदौमा अवाकाश हुन लागेका २१ प्रहरी अधिकारीहरूले दायर गरेको  रिटमाथि  सुनुवाइ गर्दै न्यायाधीश हरिप्रसाद फुयालको एकल इजलासले यस्तो आदेश दिएको हो ।

    सर्वोच्चले यसअघि बृहत पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेश पालना भएको नदेखिएको भन्दै उनीहरुको हकमा जिम्मेवारी परिवर्तन नगराउन पनि अन्तरिम आदेश  दिएको छ ।सर्वोच्चले यो विवादमा विपक्षीसँग लिखित जवाफ माग गरेको छ र १० असोजमा पूर्ण सुनुवाइका लागि पेश गर्न पनि आदेश दिएको छ ।प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठसहित नेपाल प्रहरीका २१ जना अधिकारीले आफूहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा १६ भदौमा अवकाशमा पठाउन खोजिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय र प्रहरी किताबखानालाई विपक्षी बनाएर सर्वोच्च अदालतमा रिट दिएका थिए ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij