Logo

Jun 07 2025 | २०८२, जेठ २४गते

Jun 07 2025 | २०८२, जेठ २४गते

images

धितोपत्र बोर्डद्वारा दुई सहायक निर्देशक गरी ६ जना पदपूर्तिका लागि आवेदन माग

धितोपत्र बोर्डद्वारा दुई सहायक निर्देशक गरी ६ जना पदपूर्तिका लागि आवेदन माग

  • काठमाडौँ । नेपाल धितोपत्र बोर्डले विभिन्न पद पूर्ति गर्न आवेदन माग गरेको छ । बोर्डले आज सूचना जारी गरी खुला र समावेशी प्रतियोगितात्मक परीक्षाबाट स्थायी पदपूर्तिका गर्न योग्यता पुगेकाहरूबाट दरखास्त आह्वान गरेको हो ।

    सहायक निर्देशक दुईजना, वरिष्ठ सहायक एकजना र सहायक ३ जना गरी जम्मा ६ पदका लागि आवेदन माग गरिएको छ ।दरखास्त दिन चाहने योग्य प्रतिस्पर्धी  बोर्डको वेबसाइटमा गएर आवेदन फर्म भरी  बुझाउनुपर्नेछ ।

    बोर्डले पद अनुसार न्यूनयम योग्यता र परीक्षा दस्तुर पनि सूचनामा उल्लेख गरी भदौ २७ गतेसम्म आवेदन दिइसक्नुपर्ने जनाइएको छ । थप दस्तुर तिरी बुझाउनेहरूका लागि असोज ३ गतेसम्म आवेदन खुला भएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij