Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इन्डस्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध स्थापना


नया सडक

२०८१, भदौ ७ शुक्रबार

  • 321
    Shares

  • उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र बिहार इन्डस्ट्रिज एसोसिएसन पटनाबीच भगिनी सम्बन्ध स्थापना

    विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश र भारतको बिहार राज्यस्थित बिहार इन्डस्ट्रिज एसोसिएसन पटनासँग भगिनी सम्बन्ध स्थापना भएको छ ।पटनामा आयोजित एक कार्यक्रममा महासंघका अध्यक्ष राजेन्द्र राउत र एसोसिएसनका अध्यक्ष  के.पी.एस.केसरीबीच भगिनी सम्बन्ध स्थापित भएको हो ।

     महासंघ निजी क्षेत्रको सबैभन्दा ठूलो सञ्जाल सहितको व्यावसायिक संस्था भएको बताउँदै कार्यक्रममा अध्यक्ष राउतले महासंघ कोशीले प्रदेशको आर्थिक विकासमा विविध योगदान, उद्योग व्यवसायमैत्री वातावरण निर्माणको लागि नीतिगत तहमा पैरवी र कृषि क्षेत्रको रूपान्तरणका लागि विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको जनाए ।भगिनी सम्बन्ध स्थापना भएबाट द्विपक्षीय व्यापार अभिवृद्धि हुने र लगानी प्रवर्द्र्धन हुने विश्वास व्यक्त गरे ।

    एसोसिएसनका अध्यक्ष केसरीले महासंघ कोशीले भदौ २७ देखि ३० सम्म कृषि एक्स्पोमा एसोसिएसनका पदाधिकारी तथा सदस्यको उल्लेखनीय सहभागिता रहने बताए।कार्यक्रममा नेउवा महासंघका केन्द्रीय सदस्य अविनाश बोहरा र महासंघ कोशीका कोषाध्यक्ष सुवास आचार्यले द्विपक्षीय सम्बन्ध र व्यापारका विषयमा आआफ्नो धारणा व्यक्त गरेको महासंघ कोशीका कार्यकारी निर्देशक राधारमण (साम) भण्डारीले जानकारी सार्वजनिक गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस