Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

काठमाडौँ महानगरपालिकाद्वारा सोलुखुम्बुको थामे हिमवाढी प्रभावितलाई राहत पुनर्स्थापनाका लागि २० लाख सहयोग

काठमाडौँ महानगरपालिकाद्वारा सोलुखुम्बुको थामे हिमवाढी प्रभावितलाई राहत पुनर्स्थापनाका लागि २० लाख सहयोग

  • काठमाडौँ  । काठमाडौं महानगरपालिकाल सोलुखुम्बुको थामे हिमबाढी प्रभावितलाई राहत र पुनर्स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ।

    महानगरका मेयर बालेन शाहको अध्यक्षतामा शुक्रबार बसेको महानगर विपद व्यवस्थापन समितिको बैठकले आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको महानगरले जनाएको हो ।

    हिमताल फुटेर आएको बाढीले प्रभावितलाई राहत र पुनर्स्थापना कार्यका लागि उक्त आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको हो।

     

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij