Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

यो साता ६१ अर्बले घट्यो कारोबार रकम


नया सडक

२०८१, भदौ ८ शनिबार

  • 354
    Shares

  • यो साता ६१ अर्बले घट्यो कारोबार रकम

    काठमाडौं । यो साता धितोपत्र बजारमा कारोबार रकम गत साताभन्दा ६१ अर्ब २ करोड १५ लाख रुपैयाँभन्दा बढीले घटेको छ । 

    गत साता कारोबार रकमले रेकर्ड ब्रेक गर्दै १ खर्ब २७ अर्ब ९२ करोड ५५ लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएकोमा यो साता ६६ अर्ब ९० करोड ४० लाख रुपैयाँभन्दा बढीको धितोपत्र कारोबार भएको हो । यो साता दुई दिन सार्वजनिक बिदा परेकाले बजार तीन कारोबार दिनमात्रै खुला भएको थियो । 

    यो साता कारोबार कित्ता १५ करोड २ लाख ९१ हजारले घटेको छ । गत साता २९ करोड ८१ लाख ७३ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ करोड ७८ लाख ८१ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको हो । 

    पछिल्लो साता औसत कारोबार रकम ३ अर्ब २८ करोड ३७ लाख रुपैयाँभन्दा कम भएको छ भने औसत कारोबार कित्ता १ करोड ३ लाख ४० हजारभन्दा बढीले घटेको छ । गत साता औसतमा २५ अर्ब ५८ करोड ५१ लाख रुपैयाँभन्दा बढीको ५ करोड ९६ लाख ३४ हजारभन्दा बढी कित्ता धितोपत्र कारोबार भएको थियो ।

    कारोबार रकम कम भएको यो साता समग्र धितोपत्र कारोबार मापक नेप्से परिसूचक २६ दशमलव ३५ अंक अर्थात् शून्य दशमलव ८८ प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३ हजार ८१ विन्दुमा बन्द भएको नेप्से परिसूचक यो साताको अन्तिम कारोबार दिन २ हजार ९७४ दशमलव ४६ विन्दुमा बन्द भएको हो । 

    यो साता तीन कारोबार दिनमा बजार पहिलो कारोबार दिन ३४ दशमलव ४७ अंक घटेको थियो । त्यसपछिका दुई कारोबार दिनमध्ये एक दिन २ दशमलव ११ अंक र अर्को दिन ६ दशमलव शून्य १ अंकले बजार बढेको हो । 

    गत असार १७ गतेदेखि २ हजार ३० विन्दुदेखि उकालो लागेको बजार यो बीचमा करीब १ हजार अंक बढिसकेको छ । लगानीकर्तामा अझै बजार बढ्ने आशा देखिन्छ । 

    प्रतिक्रिया दिनुहोस