Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग काम विहीन


नया सडक

२०८१, भदौ ८ शनिबार

  • 273
    Shares

  • आवश्यक कर्मचारी नहुँदा जनलोकपाल आयोग काम विहीन

     

    जनकपुरधाम ।  जनलोकपाल आयोगलाई आवश्यक  स्रोतसाधन एवं जनशक्तिको अभाव भएको छ । मधेस प्रदेश सरकारले प्रदेशमा सुशासन कायम गर्ने उद्देश्यले तीन वर्ष अगाडि उक्त आयोग स्थापना गरेको थियो । 

    साथै प्रदेश सरकारले जनगुनासोलाई सम्बोधन गर्न उक्त आयोगको परिकल्पना गरेको थियो । आयोगका अध्यक्ष रामसहाय राययादवले भन्नुभयो,“आफूले आयोगको जिम्मेवारी सम्हालेको तीन वर्ष पूरा हुन लाग्यो ।  सुशासन प्रवर्द्धनका क्षेत्रमा चाहेजति काम गर्न नसकेको  छैन । आयोगको मुख्य उपलव्धि देखाउन नपाउँदा मन दुःखी भएको छ । ”  प्रदेश सरकारले नै ‘आयोग सक्षम होस्’ भनेर नचाहेको जस्तो देखिएको  उहाँले गुनासो गर्नुभयो  ।

     

    आयोगका सदस्य राजकिशोर साहले प्रदेशमा सुशासन कायम गर्न आयोगले चाहेजस्तो  कार्य सम्पादन नसकेको बताउनुभयो ।  उहाँले भन्नुभयो,“ प्रदेश सरकारले आयोगलाई सुदृढ बनाउन आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्छ । श्रोत साधन  उपलब्ध नगराउँदा कामविहीन भयौँ । ”  आयोगमा दर्ता हुने उजुरीमाथि आवश्यक छानबिन गर्ने तथा आवश्यक देखिएमा थप अनुसन्धानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने नीति उक्त आयोगको रहेको बताइएको छ । आयोगको तीन वर्षका अवधिमा ४२ उजुरी दर्ता भएको आयोगले जनाएको छ  । 

     

    जनशक्तिका अभावमा आयोगले ती उजुरीमाथि अनुसन्धान गर्न नसकेको आयोगले जनाएको छ ।  तेत्तीस कर्मचारीको दरबन्दी रहेको सो आयोगमा एक  कम्प्युटर अपरेटर  मात्र कार्यरत  छन् ।  

    प्रतिक्रिया दिनुहोस