Logo

Sep 23 2024 | २०८१, असोज ७गते

images

सुनकोशीमा कार खस्यो


नया सडक

२०८१, भदौ ८ शनिबार

  • 570
    Shares

  • सुनकोशीमा कार खस्यो

    काठमाडौँ ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ बेलटारस्थित सडकबाट एक निजी कार सुनकोशी नदीमा खसेको छ । कारमा सवारमध्ये एकजना घाइतेलाई उद्धार गरी उपचारका लागि खुर्कोटस्थित अस्पताल पठाइएको छ । 

    नदीमा खसेको कार र बाँकी यात्रुको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । खोटाङको हलेसीबाट काठमाडौँतर्फ आइरहेको सो कार आज करिब साँझ ५ः३० बजे नदीमा खसेको थियो । घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस