Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 411
    Shares

  • मच्छिन्द्रनाथको जात्रा सकिएको जानकारी गराइयो

    पाटन । मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी दिन आज जोडी भँगेरा उडाएको छ भने सप्तपातल पोखरीमा जोडी माछा छाडिएको छ । 

    वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथजात्रा सकिएको जानकारी इन्द्र महाराजलाई दिनुपर्ने मान्यता रहिआएको पाटनका स्थानीय किरण स्थापितले बताउनुभयो ।

    “रथजात्रा सकिएको जानकारी स्वर्गमा इन्द्र महाराजलाई गराउनुपर्ने कथन छ, सोहीअनुसार मत्र्यमण्डलमा जानकारी दिन जोडी भँगेरा उडाउने र पातालमा जानकारी दिन जोडी माछा सप्तपाताल पोखरीमा छाडिन्छ, त्यही कार्य आज भयो”, स्थापितले भन्नुभयो ।

    जोडी भँगेरा उडाउनु र जोडी माछा पोखरीमा छाड्नु अगाडि जात्रा समापनको प्रक्रिया पूरा गर्न  बिहानैदेखि बटुकभैरव मन्दिरमा माङ्साहुति यज्ञ गरी ती जोडी भँगेरालाई कथा सुनाइएको थियो ।

    गत वैशाख २७ गते बिहीबार रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै सुरु भएको रथजात्रा साउन २० गते आइतबार भोटो देखाएपछि सम्पन्न भएको थियो । भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको रथलाई खटमा राखी बुङ्गमती पुर्‍याउनुपर्ने परम्पराअनुसार उक्त कार्य सम्पन्न भएको थियो ।

    यो जात्रा काठमाडौँ उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रा पनि हो । करिब १६ सय वर्षअघि सुरु भएको मच्छिन्द्रनाथको रथजात्रा वैशाख शुक्ल प्रतिपदामा सुरु भएर असार शुक्ल चौथीसम्म करिब दुई महिना चल्छ ।

    प्रतिक्रिया दिनुहोस