Logo

Jun 15 2025 | २०८२, असार १गते

Jun 15 2025 | २०८२, असार १गते

images

नेपाल–भारत सीमाको दशगजामा स्थानीयले बाटो खन्न दिएनन्

नेपाल–भारत सीमाको दशगजामा स्थानीयले बाटो खन्न दिएनन्

  • बनियानी। झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् । गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो ।

    “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो । हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।

    झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij