Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 273
    Shares

  • यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते

     

    चितवन ।नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ घुमाउनेमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । 

     

    महेन्द्रनगरबाट काठमाडौँतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस दुर्घटना हुँदा उनीहरु घाइते भएका हुन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । घाइते सबैको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया दिनुहोस