Logo

Oct 30 2025 | २०८२, कात्तिक १३गते

Oct 30 2025 | २०८२, कात्तिक १३गते

images

बारा जिल्ला बारागढी गाउँपालिकाबाट तीर्थयात्राका लागि गएको बस भारतको मुसरीघरारीमा दुर्घटनामा, कम्तीमा २५ घाइते

बारा जिल्ला बारागढी गाउँपालिकाबाट तीर्थयात्राका लागि गएको बस भारतको मुसरीघरारीमा दुर्घटनामा, कम्तीमा २५ घाइते

  • काठमाडौं । भारतमा आइतबार बिहान नेपाली तीर्थयात्री सवार एक बस दुर्घटनामा परेको छ । भारतको बिहार राज्यको समस्तीपुरमा सो बस दुर्घटना भएको हो ।बारा जिल्लाको बारागढी गाउँपालिका वडा नम्बर ३, मूर्तिपालियाबाट बोलबम तीर्थयात्राका लागि गएको बस दुर्घटनामा परेको पालिका अध्यक्ष अशोककुमार जैलसवालले जानकारी सार्वजनिक गरेका छन् ।

    भारतीय सञ्चारमाध्यमका अनुसार ना७ ख ६४४६ नम्बरको बस समस्तीपुरस्थित मुसरीघरारी थाना क्षेत्रमा पर्ने एनएच २८ राजमार्गमा दुर्घटना भएको छ  ।केही भारतीय सञ्चारमाध्यमहरूले नेपाली तीर्थयात्री सवार बसलाई एउटा ट्रकले ठक्कर दिँदा बस दुर्घटनामा परेको उल्लेख गरेका छन् । ४३ जना सवार रहेको बस दुर्घटनामा परी कम्तीमा २५ जना तीर्थयात्री घाइते भएका छन् । उनीहरुको बस देवघरतर्फ गइरहेको थियो 

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij