Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

आँखुखोला जलविद्युतको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिने सकिने


नया सडक

२०८१, भदौ ९ आइतबार

  • 372
    Shares

  • आँखुखोला जलविद्युतको हकप्रद सेयरमा भदौ १६ गतेसम्म आवेदन दिने सकिने

    काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद शेयर खरीदका लागि पुनः सूचना जारी गर्दै आग्रह गरेको छ । कम्पनीले साउन २७ गतेदेखि १५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेकोे हो । कम्पनीले असार ३१ गतेसम्म कायम शेयरधनीहरूका लागि १५० प्रतिशत हकप्रद शेयर विक्री खुला गरेको हो । हकप्रद शेयर प्रयोजनका लागि कम्पनीले साउन १ गते बुक क्लोज गरेकाले असार ३१ गतेसम्म कायम शेयरधनीहरू मात्र हकप्रद खरीद गर्न योग्य भएका हुन । भदौ १६ गतेसम्म मात्र कम्पनीको हकप्रद शेयर खरीदका लागि आवेदन दिन सकिनेछ ।

    कम्पनीले हाल कायम चुक्तापूँजी ८० करोड रूपयाँको आधारमा प्रतिशेयर १०० रूपैयाँ अंकित मूल्यका १ करोड २० लाख कित्ता हकप्रद शेयर विक्री गरेको हो । १५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँटपछि कम्पनीको चुक्तापूँजी २ अर्ब रूपैयाँ कायम हुनेछ । कम्पनीको हकप्रद शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस