Logo

Apr 20 2025 | २०८२, वैशाख ८गते

Apr 20 2025 | २०८२, वैशाख ८गते

images

करिब ४ करोडको कोकिनसहितविदेशी नागरिक ठमेलबाट पक्राउ

करिब ४ करोडको कोकिनसहितविदेशी नागरिक ठमेलबाट पक्राउ

  • काठमाडौँ । प्रहरीले  एक विदेशी नागरिकलाई करिब ४ करोड मूल्य बराबरको लागु औषध कोकिनसहित पक्राउ गरेको छ । प्रहरीले   आईभोरी कोष्टका नागरिक भमरा कोनलाई पक्राउ गरेको हो ।

    कोनको साथबाट १ किलो ८८ ग्राम कोकिन फेला परेको लागु औषध नियन्त्रण ब्युरोका सूचना अधिकारी प्रेम बहादुर शाहीले आइतबार जानकारी दिए । गत भदौ ३ गते कतार एयरलाइन्सको उडानद्वारा नेपाल आएका कोनलाई कोकिनका ६९ वटा क्याप्सुलसहित ठमेल ज्याठास्थित एक होटेलबाट पक्राउ गरिएको शाहीले जनाएका छन् ।

    अभियुक्त कोनले क्याप्सुलहरू निलेर नाइजेरियाबाट हिँडी ईथोपियाबाट दोहा हुँदै काठमाडौँ आएको  प्रारम्भिक अनुसन्धानको क्रममा खुलेको प्रहरीले जनाएको छ । निज उपर लागु औषध नियन्त्रण ऐन, २०३३ बमोजिम आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको ब्युरोले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij