Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

आयात गरिने वस्तुहरूको लेबलिङ भन्सार बिन्दुमै गर्नुपर्ने नेपाल उद्योग परिसंघको माग

आयात गरिने वस्तुहरूको लेबलिङ भन्सार बिन्दुमै गर्नुपर्ने नेपाल उद्योग परिसंघको माग

  • काठमाडौँ । नेपाल उद्योग परिसंघ (सीएनआई)का अध्यक्ष राजेशकुमार अग्रवालले नेपाली कांगे्रसलाई व्यापार नीतिसम्बन्धी सुझाव दिएका छन् ।सरकारी नीति आयातलाई प्रोत्साहन गर्ने खालको  भएकोले व्यापार घाटा उच्च भएको बताउँदै सीएनआई अध्यक्ष अग्रवालले नेपाली कांग्रेसको आपूर्ति तथा उपभोक्ता विभागले आइतबार गरेको कार्यक्रममा यस्तो जनाएका हुन् ।

    आयातलाई सरकारले नै प्रोत्साहन गरेकाले देशभित्र उत्पादन बढ्न नसकेको र त्यसको मूल्य उपभोक्ताले समेत चुकाउनुपरिरहेको उनले जनाए ।उनले भारतमा ५ प्रतिशत मात्र कर लाग्ने वस्तुमा नेपालमा १३ प्रतिशत भ्याट लगाइएकाले एकातिर अवैध आयात भइरहेको र अर्कातिर वस्तु महँगो भइरहेको उनले जनाए ।एकातिर  करिब १ हजार १५० वस्तु तथा सेवाको नेपाल गुणस्तर निर्धारण गरिएको छ अर्कोतर्फ ५ हजारभन्दा बढी वस्तु आयात भइरहेको बताउँदै अध्यक्ष अग्रवालले यसबाट स्वदेशी उद्योगको उत्पादित वस्तुहरूको बजारलाई नकारात्मक असर गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij