Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

यो साउनमा गत वर्षको तुलनामा ६७ प्रतिशतले गाडी आयात

यो साउनमा गत वर्षको तुलनामा ६७ प्रतिशतले गाडी आयात

  • काठमाडौँ । यो साउनमा सवारी साधनको आयात ६७ प्रतिशतले बढेको छ ।गत वर्षको साउनको तुलनामा चालु आर्थिक वर्षको साउन महिनामा सवारीसाधनको आयात ६७ प्रतिशतले बढेको हो । 
    यो वर्षको साउनमा गत वर्षको तुलनामा ९ हजार ७८२ एकाई धेरै सवारी साधन  आयात भएको छ ।चालु आर्थिक वर्षको साउनमा ४ अर्ब ८६ करोड ४५ लाख रुपैयाँ बराबरको २४ हजार ३१० एकाई सवारीसाधन आयात भएको छ । यसबाट सरकारले ४ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ भन्सार शुल्क संकलन गरेको छ।गत वर्षको साउन महिनामा कुल २ अर्ब ७७ करोड ३१ लाख रुपैयाँ बराबरको १४ हजार ५२८ एकाई सवारीसाधन आयात भएका थिए। यसबाट सरकारले ३ अर्ब २ करोड ७० लाख रुपैयाँ राजश्व संकलन गरेको थियो।

    यो साउनमा २ अर्ब ५७ करोड रुपैयाँ बराबरको २१ हजार ३४३ युनिट इन्धन दुई पाङ्ग्रे सवारी साधन आयात भए। गत वर्ष साउनमा १ अर्ब ३९ करोड २० लाख बराबरको १२ हजार ३ युनिट दुई पाङ्ग्रे इन्धन सवारी आयात भएका थिए। यो वर्षको साउनमा ९ हजार ३४० एकाई इन्धन दुई पाङ्ग्रेको आयात बढेको छ।यसैगरी  यो वर्षको साउन महिनामा ७ करोड ९६ लाख रुपैयाँ बराबरको ९५४ एकाई इलेक्ट्रिक दुई पाङ्ग्रे सवारी साधन आयात भएको छ । गत वर्ष भने ६ करोड ६६ लाख बराबरको ७२६ दुई पाङ्ग्रे इलेक्ट्रिक सवारी आयात भएका थिए।

    यो वर्ष १० करोड २८ लाख रुपैयाँको १ हजार ३४ युनिट तीन पाङ्ग्रे सवारी साधन आयात भएको छ। तर गत वर्ष १२ करोड बराबरको १ हजार ९८ युनिट तीन पाङ्ग्रे सवारी आयात भएका छन्।यो वर्षको साउनमा ८९ करोड ३५ लाख रुपैयाँको ४९१ युनिट इन्धन चारपाङ्ग्रे सवारीसाधन आयात भएको छ। गत वर्ष ८२ करोड ३६ लाख बराबरको ५७८ युनिट इन्धन चार पाङ्ग्रे सवारी आयात भएको थियो।यो वर्ष साउनमा १ अर्ब २१ करोड ५८ लाख रुपैयाँ बराबरको ४८८ युनिट विद्युतीय चारपाङ्ग्रे सवारीसाधन आयात भएका छन्। गत वर्ष ३७ करोड ४० लाख बराबरको १२३ युनिट विद्युतीय चार पाङ्ग्रे सवारी साधन आयात भएका थिए।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij