Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

धितोपत्र बोर्डमा करिब साढे १९ लाख कित्ता हकप्रद शेयर बाँडफाँट गर्न ८ महिनादेखि ढिलाइ


नया सडक

२०८१, भदौ १० सोमबार

  • 357
    Shares

  • धितोपत्र बोर्डमा करिब साढे १९ लाख कित्ता हकप्रद शेयर बाँडफाँट  गर्न  ८ महिनादेखि ढिलाइ

    काठमाडौँ । हकप्रद शेयर निष्काशन गर्न करिब दुई दर्जन कम्पनीहरूले दिएको निवेदनहरू थन्किएर रहेका छन् । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले जनाए अनुसार ८ महिनादेखि सार्वजनिक निष्काशनको स्वीकृति अघि नबढेर हकप्रद शेयर निष्काशनसम्बन्धी परेका आवेदनहरू थन्किएका हुन् ।

    बोर्डका अनुसार २२ कम्पनीको १९ करोड ४० लाख २५ हजार २३० कित्ता हकप्रद शेयर बाँडफाँटका लागि पंक्तिबछ अवस्थामा रहेका छन् । कम्पनीहरुले १९ अर्ब ४० करोड २५ लाख २३ हजार रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न निवेदन दिएका छन् ।

    यसरी  आवेदन दिने कम्पनीहरूमा ८ वटा इन्स्योरेन्स र १४ वटा हाइड्रोपावर कम्पनीहरू छन्।गत वर्ष पुस अन्तिम साता कार्यकारी अध्यक्षको पद रिक्त हुन् पुग्यो । त्यसयता सेबोनले सार्वजनिक निष्काशन स्वीकृतिको प्रक्रिया अघि बढाएको छैन।लाइफ इन्स्योरेन्स कर्पाेरेसनले २ अर्ब ३४ करोड ६८ लाख रुपैयाँको हकप्रद शेयर निष्कासन गर्न चाहेको छ। उसले सेबोनमा निवेदन दिएको गत असोजमा नै दिएको थियो ।

    table of companies.png

    प्रतिक्रिया दिनुहोस