Logo

Sep 21 2024 | २०८१, असोज ५गते

images

थाइल्यान्डमा आयोजना हुने बिमस्टेक अनिश्चित, प्रधानमन्त्री ओलीको विदेश भ्रमण सम्भवतः राष्ट्रसंघीय महासभाबाट शुरु हुने


नया सडक

२०८१, भदौ १० सोमबार

  • 513
    Shares

  • थाइल्यान्डमा आयोजना हुने बिमस्टेक अनिश्चित, प्रधानमन्त्री ओलीको विदेश भ्रमण सम्भवतः राष्ट्रसंघीय महासभाबाट शुरु हुने

    काठमाडौँ । थाइल्यान्डमा आयोजना हुने भनिएको बिमस्टेक शिखर सम्मेलन सरेको छ ।त्यहाँको राजनीतिक गतिविधिका कारण थाइल्यान्डमा यही भदौ १८ र १९ मा हुने भनिएको छैटौँ बिमस्टेक शिखर सम्मेलन तत्कालका लागि पछि सरेको हो  । थाइल्यान्डको विदेश मन्त्रालयले सम्बन्धित मुलुकहरूलाई पत्राचार गरी लेखेको पत्रमा हालका लागि शिखर सम्मेलन गर्न नसक्ने उल्लेख  जनाएको छ ।

    सन् १९९७ मा स्थापना भएको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) मा नेपाल सन् २००४ मा सदस्य बनेको थियो । बिमस्टेकमा नेपालसहित बंगलादेश, भुटान, भारत, म्यानमार, श्रीलंका र थाइल्यान्ड सदस्य छन् । बिमस्टेकले स्थापनाको २६ वर्षमा सन् २०२२ मा बडापत्र (चार्टर) ल्याएको थियो ।साउन ३० मा थाइल्यान्डको संवैधानिक अदालतले त्यहाँका निवर्तमान प्रधानमन्त्री स्रेथा थाविसिनलाई नैतिक उल्लंघन गरेको ठहर गर्दै पदमुक्त गरेको थियो । त्यो निर्णयसँगै सम्मेलन हुने वा नहुने आशंका उत्पन्न भएको थियो । साउन ३२ मा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी  ३७ वर्षीय पेतोङतार्न सिनावात्रा प्रधानमन्त्री बनेकी थिइन् ।थाइल्यान्डको विदेशमन्त्रालयले नयाँ सरकार गठन भएसँगै आवश्यक संसदीय प्रतिक्रिया र कानुनी प्रक्रियाहरुले गर्दा समयमै बिमस्टेक शिखर सम्मेलन गर्न नसक्ने जनाएको हो । 

    चौथोपटक प्रधानमन्त्री भएपछि पहिलो भ्रमण थाइल्यान्डबाटै गर्ने तयारीमा रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको यो तयारी पूरा नहुने भएको छ । अब प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण संयुक्त राष्ट्र संघको ७९ औं महासभा हुने भएको देखिन्छ । ओली पहिलो र दोस्रोपटक प्रधानमन्त्री हुँदा भारत भ्रमणबाटै आफ्नो विदेश यात्रा शुरु गरेका थिए ।
    तर तेस्रोपटक तीन महिनामात्र प्रधानमन्त्री हुँदा भने उनले कुनै पनि मुलुकको भ्रमण गर्न पाएनन् ।ओली पहिलो पटक २०७२ सालमा पहिलो पटक, २०७४ सालमा दोस्रोपटक र २०७८ सालमा तेस्रो पटक प्रधानमन्त्री भएका थिए ।

    प्रतिक्रिया दिनुहोस