Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल


नया सडक

२०८१, भदौ १२ बुधबार

  • 429
    Shares

  • अल्फा क्यापिटलले आइपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल

     

    काठमाडौं । अल्फा क्यापिटल लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । आइपीओ निष्कासन प्रक्रिया अघि बढााउनका लागि कम्पनीले एनएमबि क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

    उक्त सम्झौता पत्रमा अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक अजय कुमार श्रेष्ठ र एनएमबि क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले बुधबार एक कार्यक्रमबीच हस्ताक्षर गरेका छन् । 

    यसैक्रममा, अल्फा क्यापिटल लिमिटेडका प्रबन्ध निर्देशक श्रेष्ठले भने, अल्फा क्यापिटलले आइपीओ जारी गर्ने तयारी गरेको छ । आइपीओ निष्कासनका लागि एनएमबी क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेका छौं । यो हाम्रा लागि खुशीको कुरा हो । ’ 

    यस्तै, एनएमबी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले सहज र सफल तरिकाले अल्फा क्यापिटलको आइपीओ निष्कासन प्रक्रिया अघि बढ्ने विश्वास व्यक्त गरे । ‘यो आइपीओ निष्कासन प्रक्रियामा एनएमबि क्यापिटलले सहज र व्यावसायिक ढंगले भूमिका निर्वाह गर्नेछ,’ उनले भने ।  

     

    प्रतिक्रिया दिनुहोस