Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

मितेरी डेभलपमेन्ट बैंक  र ग्लोबल आइएमई लघुवित्तको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 477
    Shares

  • मितेरी डेभलपमेन्ट बैंक  र ग्लोबल आइएमई लघुवित्तको २० हजारभन्दा बढी कित्ता संस्थापक शेयर सर्वसाधारणमा जारी

    काठमाडौं । बिहीवार दुई कम्पनीहरुले कुल २० हजार ९६९ कित्ता संस्थापक शेयर विक्रीमा ल्याएका छन् । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले १४ हजार कित्ता र ग्लोबल आइएमई लघुवित्तले ६ हजार ९६९ कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएका हुन ।
    ग्लोबल आइएमई लघुवित्तको उल्लेखित कित्ता शेयर खरीद गर्न इच्छुक लगानीकर्ताहरूले भदौ २० गते कार्यालय समयभित्र कम्पनीको केन्द्रिय कार्यालय विजयपुर, कास्कीमा आवेदन पेश गर्नुपर्नेछ । मितेरी डेभलपमेन्ट बैंकको शेयर खरीदका लागि भने आगामी ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय कमलादी, काठमाडौं वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेडको कार्यालय कमलादी, काठमाडौंमा आवेदन पेश गर्नुपर्नेछ ।

    प्रतिक्रिया दिनुहोस