Logo

Nov 24 2024 | २०८१, मंसिर ९गते

images

पाँच वर्षयता निजी क्षेत्रको कर्जा प्रवाह करिब ४ गुणाले  घट्यो


नया सडक

२०८१, भदौ १३ बिहीबार

  • 570
    Shares

  • पाँच वर्षयता निजी क्षेत्रको कर्जा प्रवाह करिब ४ गुणाले  घट्यो

    काठमाडौं । गत पाँच वर्षको तुलनामा गत आर्थिक वर्षमा निजी क्षेत्रको कर्जा प्रवाह करिब ४ गुणाले घटेको छ ।आर्थिक वर्ष २०७५/७६मा निजी क्षेत्रको कर्जा १९.४ प्रतिशतले बढेको थियो । तर सो निजी क्षेत्रको कर्जा प्रवाह गत आर्थिक वर्षमा ५.८ प्रतिशतले मात्र बढेको हो ।

    गएको पाँच वर्षमा देशको आर्थिक तथा वित्तीय स्थितिमा कुल विदेशी विनिमय सञ्चिति र बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल निक्षेप मौज्दातमा वृद्धि भएको रहेको छ ।
    पाँच वर्ष अघिको तुलनामा गत आवमा करिब दुई गुणाले विदेशी विनिमय सञ्चितिमा वृद्धि भएको छ ।विदेशी विनिमय सञ्चितिको अवस्था आर्थिक वर्ष २०७५÷७६मा  पौने आठ महिना अर्थात ७.८ महिनाको वस्तु तथा तथा सेवा आयात धान्न सक्ने जति रहेको थियो । तर गत आर्थिक वर्ष २०८०/८१मा कुल विदेशी विनिमय १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्रबैंकको प्रतिवेदनमा उल्लेख छ । यो अमेरिकी डलरमा  १५ अर्ब २७ करोड रहेको छ ।
    पाँच वर्ष अघि बैंक तथा वितीय संस्थाहरूको कुल निक्षेप  ३२ खर्ब ३५ अर्ब  रुपैयाँ थियो भने  गत आर्थिक वर्षमा यो ६४ खर्ब ५२ अर्ब रहेको छ ।नेपाल राष्ट्र बैंकको प्रतिवेदनको प्रमुख झलकमा उल्लेख भए अनुसार  २०७५/७६मा आर्थिक वर्ष २०७५/७५मा आर्थिक वृद्धि ७.१ प्रतिशत रहेको थियो । आर्थिक औसत मुद्रास्फिति ४.६ प्रतिशत रहेको थियो  ।

    आयात वृद्धि दर १३.९ प्रतिशत र निर्यात वृद्धि दर १९.४ प्रतिशत रहेको थियो ।  यो अघिल्लो वर्षको आयात वृद्धि दर २५.८ प्रतिशत र निर्यात वृद्धि दर ११.४ प्रतिशत रहेको थियो ।यसले पाँच वर्ष अघिदेखि आयात र निर्यातमा आएको ह्रासको अवस्था अहिलेसम्म रहेको देखिएको छ । गत आव २०८०/८१मा पनि यो घटेको छ ।यस्तै पाँच वर्ष अघि २०७५/७६मा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा १६.५ प्रतिशत र अमेरिकी डलरमा ७.८ प्रतिशतले बढेको थियो ।शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेका थियो । अघिल्लो वर्ष शोधनान्तर स्थिति ९६ करोड बचतमा रहेको थियो ।कुल विदेशी विनिमय सञ्चिति रु १०३८ अर्ब ९२ करोड थियो । उक्त सञ्चिति ७.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको जनाइएको थियो । अघिल्लो वर्ष  उक्त सञ्चिति ११०२ अर्ब ५९ करोड रहेको थियो ।आर्थिक वर्ष २०७५/७६मा सरकारको बैंकिङ कारोबारमा आधारित खर्च  रु १०६७ अर्ब ६७ करोड  र राजस्व संकलन  रु ८६५ अर्ब ५५ करोड रहेको थियो ।वार्षिक बिन्दुगत आधारमा विस्तृत मुद्राप्रदाय १५.८ प्रतिशतले बढेको थियो । बैक तथा वित्तीय संस्थाहरूको निक्षेप संकलन १८.० प्रतिशत र निजी क्षेत्र तर्फको कर्जा १९.४ प्रतिशतले बढेको थियो ।

    २०७६ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको चुक्ता पुँजी रु ३०५ अर्ब ९० करोड, कुल निक्षेप रु ३२ खर्ब ३५ अर्ब र निजी क्षेत्र तर्फको कर्जा २८ खर्ब ६६ अर्ब पुगेको थियो ।२०८०/८१मा वार्षिक औसत मुद्रास्फीति ५.४४ प्रतिशत रहेको छ ।आयात १.२ प्रतिशतले र निर्यात ३.० प्रतिशतले घटेको छ । अघिले वर्ष १६.१ प््रतिशत र निर्यात २१.४ प्रतिशतले घटेको थियो ।विप्रेषण आप्रवाह नेपाली रुपैयामा १५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले बढेको छ ।शोधानान्तर स्थिति ५०२ अर्ब ४९ करोडले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति २८५ अर्ब ८२ करोडले बचतमा रहेको थियो ।कुल विदेशी विनिमय सञ्चिति १५ अर्ब २७ करोड अमेरिकी डलर रहेको छ । उक्त सञ्चिति  १३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त छ ।विस्तृत मुद्रा प्रदाय १३ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन १३.० प्रतिशतले  र निजी क्षेत्रमा प्रवाहित कर्जा ५.८ प्रतिशतले बढेको छ ।बैंक तथा वित्तीय संस्थाहरूमा रहेको कुल  निक्षेप  ६४ खखर्ब ५२ अर्ब र निजी क्षेत्रमा प्रवाहित कर्जा रु ५० खर्ब ७४ अर्ब पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस