Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

लक्ष्मी सनराइज क्यापिटलका ६ वटै फन्डको न्याभ र नाफा बढ्यो


नया सडक

२०८१, भदौ १४ शुक्रबार

  • 297
    Shares

  • लक्ष्मी सनराइज क्यापिटलका ६ वटै फन्डको न्याभ र नाफा बढ्यो

    काठमाडौं ।  साउन मसान्तसम्म आइपुग्दा लक्ष्मी सनराइज क्यापिटलका ६ वटै म्युचुअल फन्डहरुको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) र नाफा बढेको छ ।
    लक्ष्मी उन्नति कोषको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) साउनमा २ रुपैयाँ ८ पैसाले बढेर १२ रुपैयाँ ८७ पैसा कायम भएको छ ।फन्डले साउन मसान्तसम्म ७१ करोड ५४ लाख ५७ हजार रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ ।

    लक्ष्मी भ्यालु फन्ड-२ को न्याभ पनि साउन मसान्तमा बढेर १२ रुपैयाँ ४० पैसा कायम भएको छ । न्याभ असारको तुलनामा १ रुपैयाँ ७३ पैसाले धेरै हो । असारमा यसको न्याभ १० रुपैयाँ ६७ पैसा रहेको थियो । यस फन्डले साउन मसान्तसम्म ८२ करोड ४५ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । 

    फन्डले कुल ६६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।


    लक्ष्मी क्यापिटलको अर्को म्युचुअल फन्ड शुभ लक्ष्मी कोषको न्याभ साउन मसान्तसम्म २ रुपैयाँ १६ पैसाले बढेर १२ रुपैयाँ ९२ पैसा कायम भएको छ । असार महिनामा यसको न्याभ १० रुपैयाँ ७६ पैसा रहेको थियो । यस फन्डले साउनसम्म ३३ करोड ९१ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । 

    सनराइज ब्लूचिप फन्डको न्याभ साउन मसान्तमा १२ रुपैयाँ ६४ पैसा कायम भएको छ । न्याभ असारको तुलनामा २ रुपैयाँ ३५ पैसा धेरै हो । असारमा यस फन्डको न्याभ १० रुपैयाँ २९ पैसा थियो । यस फन्डले साउन मसान्तसम्म १ अर्ब ३४ करोड रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असारमा यसले १ अर्ब २ करोड १३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो । 

    सनराइज फर्स्ट म्युचुअल फन्डको न्याभ साउनमा २ रुपैयाँ ३८ पैसाले बढेर १४ रुपैयाँ ५ पैसा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ ११ रुपैयाँ ६७ पैसा रहेको थियो । फन्डले साउन मसान्तसम्म ९२ करोड ५२ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असारमा यसले ७० करोड २८ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

    सनराइज फोकस्ड इक्विटीको न्याभ साउनमा २ रुपैयाँ ६४ पैसाले बढेर १३ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो महिना यसको न्याभ १० रुपैयाँ ५४ पैसा रहेको थियो । फन्डले साउन मसान्तसम्म १ अर्ब ७ करोड ९८ लाख रुपैयाँ बराबरको सूचीकृत सेयर होल्ड गरेको छ । असारमा यसले ८० करोड ४३ लाख रुपैयाँ बराबरको सेयर होल्ड गरेको थियो ।

     

    प्रतिक्रिया दिनुहोस