काठमाडौं । मन्त्रिपरिषद्को गत विहिबार बसेको बैठकका निर्णय सार्वजनिक भएका छन् । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषदको बैठकका निर्णयहरु सार्बजनिक गरेका हुन् ।
बहुक्षेत्रीय पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट प्राविधिक सहायताको रूपमा प्राप्त हुने २ मिलियन युरो गरी जम्मा २५ मिलियन युरो (करिव ३ अर्ब ६७ करोड ४७ लाख) बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ ।