काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज भदौ १७ गते सोमबार १ डलरको भाउ (बिक्रीदर) १३४ रुपैयाँ ४९ पैसा कायम भएको छ ।
राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १४८ रुपैयाँ ५८ पैसा रहेको छ भने खरिददर १४७ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउन्ड १ को बिक्रीदर १७६ रुपैयाँ ५९ पैसा खरिद दर १७५ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर आज ९० रुपैयाँ ५७ पैसा र बिक्रीदर ९० रुपैयाँ ९८ पैसा तोकिएको छ । क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ २२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ६७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३६ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।