Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

वर्षौँपछि फर्किनुभएका प्रकाशलाई घरमै नागरिकता


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 300
    Shares

  • वर्षौँपछि फर्किनुभएका प्रकाशलाई घरमै नागरिकता

     

    टक्सार  ।हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । 

     

    ३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराउनुभएका उहाँ गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा हुनुहुन्थ्यो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो । 

     

    गोरखाको चुम भ्यालीदेखि भोजपुरस्थित प्रकाशको परिवारसम्म श्रव्यदृश्यमार्फत प्रस्तुत कथा सार्वजनिक भएसँगै नागरिकताका लागि भोजपुरवासीले पहल थालेका थिए । आज भोजपुर षडानन्द नगरपालिका–१० साङपाङको छाप्लेगाउँस्थित प्रकाशको घरमै पुगेर इलाका प्रशासन कार्यालयको टोलीले नागरिकता प्रदान गरेको हो । 

     

    नागरिकता प्राप्तिका लागि आवश्यक सबै प्रक्रिया पुरा गरी नागरिकता प्रदान गरेको इलाका प्रशासन कार्यालयले जनाएको छ । षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदास, वडाध्यक्ष प्रेमदोर्जी शेर्पा, इलाका प्रशासन कार्यालय प्रमुख विनोद अधिकारी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहन चापागाईँसहितको टोलीले प्रकाशलाई नागरिकता प्रदान गरेको हो । 

     

    परिवारसँग लामो समय विछोडिनु भएका प्रकाश शनिबार काठमाडाँैबाट हवाई मार्ग भएर सङ्खुवासभाको तुम्लिङटार हुँदै भोजपुरस्थित घर आउनुभएको थियो । नागरिकता प्रदान गर्नुहुँदै नगर प्रमुख उदासले नगरपालिकाको तर्फबाट आगामी दिनमा प्रकाश र उहाँका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । 

     

    नागरिकता लिईसकेपछि प्रकाशले आगामी दिन भोजपुरमै रहेर खेती किसानी गर्ने मनसाय रहेको प्रतिक्रिया दिनुभयो । “वर्षौँपछि भएपनि मैले परिवार भेट्न पाएँ । नागरिकता लिन पाएँ । मेरो जीवन यत्तिकै जाला जस्तो लागेको थियो तर त्यसो भएन म खुसी छु”, उहाँले भन्नुभयो ।

    प्रतिक्रिया दिनुहोस