काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासन गर्नेलगायतका प्रस्ताव पारितका लागि आगामी असोज २२ गते तेस्रो वार्षिक साधारण सभा बोलाएको छ ।
भदौ १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले काठमाडौंको नारायणहिटी दरबारको उत्तरढोकास्थित भिनोलिभा हस्पिटालिटी प्रालिमा बिहान ११ बजे सभा गर्ने निर्णय गरेको हो ।
सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव स्वीकृति गरी त्यसका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय गर्नेछ ।