Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने


नया सडक

२०८१, भदौ १७ सोमबार

  • 408
    Shares

  • सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने

    काठमाडौं । सानिमा रिलायन्स लाइृफ इन्स्योरेन्स लिमिटेडले नयाँ बोनस दर सार्वजनिक गरेको छ । कम्पनीले साविक रिलायन्स लाईफ इन्स्योरेन्सका विमितहरूका लागि आर्थिक वर्ष ०७८÷७९ सम्मको बीमाङ्कीय मूल्याङ्कनका आधारमा अधिकतम ७५ रूपैयाँसम्म बोनस दिने भएको हो । कम्पनीले प्रति हजार रूपैयाँमा उक्त बोनस दर दिने भएको हो ।

    कम्पनीले सार्वजनिक गरेको नयाँ बोनस दर अनुसार प्रतिहजार न्यूनतम १९ रूपैयाँदेखि अधिकतम ७५ रूपैयाँसम्म हुने उल्लेख छ । न्यूनतम प्रतिहजार १९ रूपैयाँ बोनस कम्पनीले सामूहिक सावधिक बीमालेखमा दिने भएको हो । यो बीमालेख ९ वर्षदेखि २५ वर्षअवधिसम्मको रहेको छ । सबै अवधिका यस योजनाका विमितहरूले प्रतिहजार १९ रूपैयाँ बोनस पाउनेछन् । अधिकतम बोनस दर भने कम्पनीले सावधिक बीमा योजनाका विमितहरूलाई दिने भएको हो । यस योजना अन्तर्गत २५ वर्षदेखि माथीको बीमा योजनामा कम्पनीले प्रति हजार ७५ रूपैयाँ बोनस दिने भएको हो ।

     अधिकतम बोनस दर रहेको २५ वर्षदेखि माथीको सावधिक बीमालेख योजना ३७३ ओटा विक्री भएको जानकारी कम्पनीले दिएको छ ।

    प्रतिक्रिया दिनुहोस