Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

मिरा बायोटेकले आइपीओ जारी गर्ने, एलिट क्यापिटलसँग सम्झौता


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 213
    Shares

  • मिरा बायोटेकले आइपीओ जारी गर्ने, एलिट क्यापिटलसँग  सम्झौता

     

    काठमाडौं । दक्षिण कोरियाको बायो फर्मास्युटिकल कम्पनीसँगको सहकार्यमा औषधि उत्पादन गरिरहेको मिरा बायोटेक लिमिटेडले आइपीओ जारी गर्ने भएको छ । यस कम्पनीले आइपीओ निष्कासन प्रक्रिया अगाडि बढाउन एलिट क्यापिटलसँग कर्पोरेट एडभाईजरी सम्झौता गरेको छ । 

    एलिट क्यापिटलका कार्यकारी अध्यक्ष दिनेश आचार्य र मिरा बायोटेकका अध्यक्ष डा। विनोद साहले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । कम्पनीले आफ्नो पुँजीको २० प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्ने योजना बनाएको छ । 

    दक्षिण कोरियाको इयुबायोलोजिक्स कम्पनी (इयूबी)सँगको सहकार्यमा मिरा बायोटेकले अत्याधुनिक प्लान्टमार्फत औषधि तथा भ्याक्सिन उत्पादन गरिरहेको छ । नेपालमा कार्यरत एक सयभन्दा बढी चिकित्सक र फर्मा वैज्ञानिकहरुको पहलमा स्थापित मिरा बायोटेक अन्तराष्ट्रियस्तरको क्रोनिक सेगमेन्टका औषधिहरु उत्पादन गर्ने कम्पनी हो ।

    हाल यस कम्पनीले करिब २ दर्जन ब्राण्डका औषधि उत्पादन गरिरहेको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस