Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब बढीले  कुल वैदेशिक व्यापारमा कमी, व्यापार घाटामा वृद्धि


नया सडक

२०८१, भदौ १९ बुधबार

  • 327
    Shares

  • चालु आर्थिक वर्षको पहिलो महिनामा २ अर्ब बढीले  कुल वैदेशिक व्यापारमा कमी, व्यापार घाटामा वृद्धि

    काठमाडौँ । चालु आर्थिक वर्ष २०८१÷८२को पहिलो महिनामा २ अर्ब बढीले कुल वैदेशिक  व्यापारमा कमी आएको छ ।चालु आर्थिक वर्षको पहिलो महिनामा साउनमा कुल वैदेशिक व्यापार  १ खर्ब ४० अर्ब ६० करोड ३२ लाख ६५ हजार बराबरको भएको भन्सार विभागले तथ्यांक सार्वजनिक गरेको हो ।

    सोही तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८०÷८१को पहिलो महिना साउनमा १ खर्ब ४२ अर्ब ७६ करोड ७६ लाख २७ हजार बराबरको कुल वैदेशिक व्यापार भएको छ । दुवै साउनको कुल वैदेशिक व्यापारको तुलना गर्दा  चालु आर्थिक वर्षमा २ अर्ब १६ करोड४३ लाख  ६२ हजार कम रहेको छ ।

    कुल व्यापारमा कमी हुँदा चालु आवमा आयात निर्यात दुवैमा कमी आएको छ । चालु आवमा आयात १ खर्ब २८ अर्ब ३७ करोड  ७१ लाख २१ हजार बराबर रहेको छ भने निर्यात  १२ अर्ब २२ करोड ६१ लाख ४७ हजार हजार रहेको छ ।गत आवमा आयात १ खर्ब २९ अर्ब २३करोड  ८९ लाख ७१ हजार रहेको थियो भने निर्यात  १३ अर्ब ५२ करोड ८६ लाख ५६ हजार बराबर रहेको थियो ।

    गत वर्षको तुलनामा साउनमा व्यापार घाटा बढेको छ । चालु आबमा व्यापार घाटा   १ खर्ब १६ अर्ब १५ करोड ९ लाख७६ हजार बराबर रहेको छ भने गत साउनमा यो  १ खर्ब  १५ अर्ब ७१ करोड ३ लाख १५ हजार बराबर रहेको थियो । 

     

     

    प्रतिक्रिया दिनुहोस