Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

यसपटक बरुण हाइड्रोपावरले लाभांश नदिने , साधारण सभा असोज १३ गते


नया सडक

२०८१, भदौ २० बिहीबार

  • 219
    Shares

  • यसपटक बरुण हाइड्रोपावरले लाभांश नदिने , साधारण सभा असोज १३ गते

     

    काठमाडौ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले मर्जर प्रस्तावसहित आगामी असोज १३ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा लर्ड पार्टी भेन्यु, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । सभामा हकप्रद सेयर अनुमोदन गर्ने सम्बन्धमा छलफल हुनेछ । त्यसैगरी, कम्पनीले गाभ्नेर गाभिने तथा प्राप्ति गर्ने सम्बन्धमा पनि विशेष प्रस्ताव पेश गर्नेछ । यसले लाभांश प्रस्ताव भने गरेको छैन । 

    सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    सभा प्रयोजनका लागि बरुणले आगामी असोज २ गते बुक क्लोज गर्ने भएको छ ।

     

     

     

    प्रतिक्रिया दिनुहोस