काठमाडौँ । आज नेप्से परिसूचक १२.१० अंकले घटेर २७२७.३६ बिन्दुमा आएको छ । आज ९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एउटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।
यस दिन ३१६ कम्पनीको २ करोडभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । नेपाल फाइनान्सको ४० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । आज एनएलली इन्सुरेन्स र गुडविल फाइनान्स पनि कारोबार रकमका आधारमा क्रमशः दोस्रो र तेस्रो स्थानमा परेका छन् ।