काठमाडौँ । मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको अमेरिका भ्रमण स्वीकृत गरेको छ । संयुक्त राष्ट्र संघको महासभामा भाग लिन प्रधानमन्त्री ओलीले असोज पहिलो साता अमेरिका जाने कार्यक्रम रहेको छ । महासभा अन्तर्गतकै समिट फर फ्युचरमा पनि प्रधानमन्त्री सहभागी हुने तयारी भइरहेको छ ।
यसैगरी मन्त्रिपरिषदले पारा ओलम्पिकमा नेपाललाई कास्य पदक दिलाएकी पलेसा गोवर्द्धनलाई ६५ लाख रुपैयाँ दिने निर्णय गरिएको छ । प्रशिक्षकलाई पाँच लाख ८५ हजार र टिम व्यवस्थापकलाई दुई लाख ९२ हजार रुपैयाँ दिने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरुङले जानकारी सार्वजनिक गरेका छन् ।
साथै दुग्ध विकास संस्थानलाई किसानको रकम भुक्तानीका लागि ६० करोड रुपैयाँ ऋण दिने बिहीबार बसेको मन्त्रिपरिषद बैठकबाट निर्णय गरिएको छ ।। सरकारले नेपाल दूससञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध निर्देशकमा संगीता पहाडीलाई नियुक्त गरेको छ ।