Logo

May 16 2025 | २०८२, जेठ २गते

May 16 2025 | २०८२, जेठ २गते

images

चालु आर्थिक वर्षको पहिलो महिनामा मार्बल ,टाइल र ग्रेनाइटको आयातमा गिरावट, ग्रेनाइट ३२ लाख केजी कम आयात

चालु आर्थिक वर्षको पहिलो महिनामा मार्बल ,टाइल र ग्रेनाइटको आयातमा गिरावट, ग्रेनाइट ३२ लाख केजी कम आयात

  • काठमाडौँ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा मार्बल, टाइल र ग्रेनाइटको आयातमा गिरावट आएको छ ।भन्सार विभागले सार्वजनिक गरेको प्रतिवेदन अनुसार एसचएसकोड ६८०२ कोटीका मार्बल , टाइल र ग्रेनाइटको आयातमा गत आर्थिक वर्षको पहिलो महिना साउनको तुलनामा गिरावट आएको हो ।

    चालु आर्थिक वर्षमा एचएसकोड६८०२१००० कोटीको टाइल क्युब ११२८ केजी आयात भएको छ । यो गत आवमा ६९०१ केजी आयात भएको थियो । यो टाइल भारतबाट आयात भएको हो ।यो वर्ष र चीन र भारत दुवै देशबाट आयात भएको मार्बल पनि गत आवको तुलनामा घटेको छ ।

    एचएसकोड ६८०२२१०० अन्तर्गतको मार्बल यो साउनमा चीनबाट १९१ केजी आयात भयो भने भारतबाट ६०६५ केजी आयात भएको छ । तर गत वर्ष भारतबाट मात्र आयात भएको यो कोटीको आयात ८५२० केजी भएको थियो।
    यसैगरी ग्रेनाइटको आयात ३२ लाख केजी कम भएको छ । यो साउनमा भारतबाट ५३लाख ४३ हजार १सय३९ केजी आयात भएको छ । गत वर्ष यो भारतबाट ८५लाख ९४हजार ५ सय ५० केजी आयात गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij