Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र


नया सडक

२०८१, भदौ २१ शुक्रबार

  • 420
    Shares

  • बकैयाको डाँडामा सडक ट्रयाक खोलियो, एक वर्षमा ५० किलोमिटर कालोपत्र

    बागमती ।मकवानपुरको बकैया गाउँपालिका–१२ स्थित डाँडामा सडक ट्रयाक खोलिएको छ । वर्षौँदेखि बाटोघाटोको समस्या भोग्दै आएका स्थानीयवासीको सुविधाका लागि सहरी विकास तथा भवन कार्यालय मकवानपुरले एक किलोमिटर नयाँ ट्रयाक खोलेको हो । 

    जितपुर–फेदी सडक सञ्चालनका लागि ट्रयाक खोलिएको कार्यालय प्रमुख इञ्जिनियर भूमिनन्द ढकालले जानकारी दिनुभयो । नयाँ ट्रयाक खोलिएसँगै सो क्षेत्रवासीलाई सदरमुकाम हेटौँडालगायत बजार आवतजावत गर्न सहज भएको छ । ‘‘डाँडामा बस्ती छ, तर बाटोघाटो नहुँदा हामी असाध्यै समस्यामा थियौँ”, बकैया गाउँपालिका–१२ का नीरज घलानले भन्नुभयो, “अब बाटोका लागि ट्रयाक खोलिएपछि आवतजावत गर्न सहज भएको छ ।” यस सडकलाई हेटौँडासम्म जोडिदियो भने सधैँका लागि समस्या समाधान हुने उहाँको भनाइ छ । 

    सो कार्यालयले आर्थिक वर्ष २०८०र८१ मा मकवानपुर र चितवनका ५० किलोमिटर सडक कालोपत्र गरेको छ । सो कार्यालयका अनुसार आव २०८०र८१ मा मकवानपुरमा २८ किलोमिटर र चितवनका २२ किलोमिटरमा कालोपत्र गरिएको हो । ती दुवै जिल्लाका २५ वटा सडकमा कालोपत्र गरिएको कार्यालय प्रमुख ढकालले जानकारी दिनुभयो । 

    उहाँका अनुसार सो आवमा मकवानपुर र चितवनमा निर्माणाधीन चारवटा कल्भर्टको निर्माण सम्पन्न भएको छ । पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले आव २०८०र८१ मा चितवनको माडी र रत्ननगरमा दुईवटा पार्कसमेत निर्माण गरिएको प्रमुख ढकालले बताउनुभयो । 

    प्रतिक्रिया दिनुहोस