Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

भगवती हाइड्रोपावरको लाभांश घोषणा , साधारण सभा असोज १६ गते


नया सडक

२०८१, भदौ २३ आइतबार

  • 243
    Shares

  • भगवती हाइड्रोपावरको लाभांश घोषणा , साधारण सभा असोज १६ गते

     

    काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले असोज १६ गते वार्षिक साधारण सभा डाकेको छ । सभा अर्पण ब्याकेंट, थापागाँउ, नयाँ बानेश्वर, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ । 

    कम्पनीले सभामा गत वर्षको नाफाबाट सेयरधनीलाई ४ प्रतिशत बोनस सेयर र कर सहित १०.७३ प्रतिशत नगद लाभांश गरी कुल १४.७३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

     आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ ।

    साधारण सभा प्रयोजनार्थ कम्पनीले असोज २ गते बुक क्लोज गर्ने भएको छ ।

     

     

    प्रतिक्रिया दिनुहोस