Logo

Nov 13 2025 | २०८२, कात्तिक २७गते

Nov 13 2025 | २०८२, कात्तिक २७गते

images

चेक अनादर मुद्दामा एक महिनादेखि दुई वर्षसम्म जेल सजाय हुने प्रस्ताविक विधेयक अर्थ समितिबाट पारित

चेक अनादर मुद्दामा एक महिनादेखि दुई वर्षसम्म जेल सजाय हुने प्रस्ताविक विधेयक अर्थ समितिबाट पारित

  • काठमाडौँ । चेक अनादर मुद्दामा दोषी ठहर भए एक महिनादेखि दुई वर्षसम्म कैद सजाय हुने भएको छ । आइतबार प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिको बैठकमा बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथि दफावार छलफलबाट सर्वसम्मत रूपमा पारित भएको हो । चेक अनादर मुद्दामा कैद सजाय गर्न नहुने भनी सार्वजनिक अभिव्यक्ति सार्वजनिक भएपछि  समितिले यस्तो निर्णय गरेको हो । विधेयक पारित भएपछि चेक अनादर कसूर ठहर भए दोषीलाई कम्तीमा एक महिना कैद हुने छ ।

    artha samiti 8a.png

    दफावार छलफलमा बोल्दै समिति सभापति सन्तोष चालिसेले बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० मा चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित एक महिनादेखि अधिकतम दुई वर्षसम्म कैद सजाय व्यवस्था गर्ने विषयमा सर्वसहमतिले पास भएको घोषणा गरे । उनका अनुसार चेक अनादर प्रमाणित भएमा पाँच प्रतिशत जरिवानासहित  १५ लाखसम्मको चेक अनादरमा एक महिना, ५० लाखसम्मकोमा तीन महिना, एक करोडसम्म एक वर्ष र एक करोड रुपैयाँ भन्दा माथिको चेक अनादर प्रमाणित भए दुई वर्षको कैद सजाय हुनेछ । संसदबाट पारित भइ राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि यो कानुन बन्ने प्रावधान छ ।

    प्रतिक्रिया दिनुहोस

    © 2025 All right reserved to Nayasadak.com | Site By : Sobij