Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 168
    Shares

  • नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने

     

    काठमाडौं । नेपाल राष्ट्र बैंकले डेढ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेपका रुपमा लगानी गर्ने भएको छ । राष्ट्र बैंकले  उपदान तथा पेन्सन कोषमा रहेकोे कुल १ अर्ब ५० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थामा मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको हो।

    राष्ट्र बैंकले वाणिज्य बैंकहरुमा १ अर्ब २० करोड, राष्ट्रियस्तरका विकास बैंकहरुमा २२ करोड ५० लाख तथा राष्ट्रियस्तरका वित्तीय संस्थाहरुमा ७ करोड ५० लाख रुपैयाँ निक्षेप जम्मा गर्ने जनाएको छ। 

    आगामी असोज ४ गते देखि लागू हुनेगरी २०८२  असोज ४ गतेसम्म ३६६ दिनका लागि मुद्दती निक्षेपका रूपमा जम्मा गरिने राष्ट्र बैंकले जनाएको छ । निक्षेप लिन चाहने बैंक तथा वित्तीय संस्थाले चाहेको रकम तथा ब्याजदरसहित भदौ २६ गते बेलुका ७ बजेसम्म प्रस्ताव गर्न सक्नेछन्। 

     

    प्रतिक्रिया दिनुहोस