Logo

Sep 24 2024 | २०८१, असोज ८गते

images

सन नेपाल लाइफद्वारा कर्मचारीलाई पुनः आरक्षित सेयर बाँडफाँट


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 183
    Shares

  • सन नेपाल लाइफद्वारा कर्मचारीलाई पुनः आरक्षित सेयर बाँडफाँट

    काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्सले कर्मचारीलाई पुनः आइपिओको सेयर बाँडफाँट गर्ने भएको छ। 

    कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजकुमार अर्यालले कर्मचारीको कोटाको आइपिओ लिएको पाइएपछि फेरि बाँडफाँट गर्न लागिएको हो। धितोपत्र बोर्ड र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धानले सिइओ अर्यालको बदमासी खुलेको थियो।

    सिआइबी प्रवक्ता होविन्द्र बोगटीका अनुसार सन् नेपाल कर्मचारीको आरक्षित सेयर बाँडफाँटमा कैफियत भएको स्वीकार भएकाले अब पुनः बाँडफाँट गर्ने प्रक्रिया अघि बढाएको जानकारी पत्र प्राप्त भएको छ। तर, सिइओ अर्यालले कर्मचारीतर्फको आरक्षित सेयरमध्ये ८० प्रतिशत आफूले लिएको पाइएको हो।  उनले २० प्रतिशत सेयर मात्र कर्मचारीलाई बाँडफाँट गरी ३ लाख ८४ हजार कित्ता आफ्नो नाममा राखेका थिए।

    सन नेपालले ९६ लाख कित्ता सेयरमध्ये ४ लाख ८० हजार कित्ता कर्मचारीका लागि छुट्ट्याउने निर्णय गरेर ०८० साउन ३२ मा आइपिओ जारी गरेको थियो।

    प्रतिक्रिया दिनुहोस