Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 99
    Shares

  • प्रोटेक्टिभ माइक्रो इन्सुरेन्सले २२ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने

     

    काठमाडौं। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको छ । कम्पनीले उक्त कार्यका लागि शेयरको खरीद प्रत्याभुतिकर्तामा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग तथा नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गलाई संयुक्त रुपमा नियुक्त गरेको छ ।

    कम्पनीले २२ लाख ५ हजार कित्ता आईपीओ प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा कुल २२ करोड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नियुक्त गरेको हो । 
    सोमवार आयोजित एक कार्यक्रममा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गका तर्फबाट प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल र नबिल ईन्भेष्टमेन्ट बैंकिङ्गका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले संयुक्त रुपमा त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

    कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएर स्वीकृति पाएपछि मात्रै आईपीओ निष्कासन गर्नेछ । 

    प्रतिक्रिया दिनुहोस