Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

कांग्रेस सभापति तथा पूर्व मन्त्री धनराज गुरूङ विरुद्ध सहकारी ठगी र नकली पारपाचुकेसम्बन्धी आरोप छानबिन गर्न रास्वपा सांसदको माग


नया सडक

२०८१, भदौ २४ सोमबार

  • 426
    Shares

  • कांग्रेस सभापति तथा पूर्व मन्त्री धनराज गुरूङ विरुद्ध सहकारी ठगी र नकली पारपाचुकेसम्बन्धी आरोप छानबिन गर्न रास्वपा सांसदको माग

    काठमाडौँ । संसदमा नेपाली कांग्रेसका उपसभापति तथा पूर्व कानुन मन्त्री धनराज गुरुङ विरुद्ध लागेको सहकारी रकम ठगीसम्बन्धी आरोपको छानबिन गर्न माग गरिएको छ ।सोमबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले कांग्रेस उपसभापति गुरुङ विरुद्ध लागेको  सहकारी ठगी र नक्कली डिभोर्सबारे छानबिन गर्न माग गरेका हुन् ।
    उपसभापति गुरुङमाथि सहकारीको रकम अपचलनको विषयमा छानबिन हुन्छ कि हुँदैन भनी कांग्रेस सांसदहरूलाई रास्वपाका सांसद पराजुलीलाई प्रश्न गरे ।सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति गठन भएको छ । उक्त समितिको नेतृत्व नेकपा एमालेका सांसद सूर्यबहादुर थापाले गरेका छन् ।

    ब्यूरो (सीआईबी) मा पूर्व कानुन मन्त्रीसमेत रहेका गुरुङ विरुद्ध  सहकारी ठगीको उजुरी परेको छ ।उपसभापति गुरुङविरुद्ध सहकारी ठगीमा अनुसन्धान गर्न माग गर्दै मितेरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कुम्भराज गुरुङले उजुरी दिएको  जनाइएको छ ।

    स्रोत अनुसार धनराज र उनकी पूर्व श्रीमती (हाल सम्बन्धविच्छेद) ज्योति गुरुङले १४ करोड ८१ लाख रुपैयाँ नतिरेको भन्दै उजुरी परेको हो । मितेरी बचत तथा ऋण सहकारी संस्थाको पूर्व सञ्चालकसमेत रहेकी ज्योति भने हाल फरार छिन् ।

     

    प्रतिक्रिया दिनुहोस