Logo

Sep 19 2024 | २०८१, असोज ३गते

images

प्रथम गभर्नर राणाको स्मृतिमा अन्तर्राष्ट्रियस्तरीय कार्यक्रमको आयोजना गरिदैँ


नया सडक

२०८१, भदौ २५ मंगलबार

  • 204
    Shares

  • प्रथम गभर्नर राणाको स्मृतिमा अन्तर्राष्ट्रियस्तरीय कार्यक्रमको आयोजना गरिदैँ

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले प्रथम गभर्नर हिमालय शम्शेर जबराको सम्झनामा अन्तर्राष्ट्रियस्तरीय कार्यक्रम गर्ने भएको छ।भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया(आरबीआई)का गभर्नर शक्तिकान्त दासको प्रमुख  आतिथ्यतामा राष्ट्र बैंकले  ९५ वर्षको उमेरमा २०७९ माघ २२ गते दिवंगत भएका प्रथम गभर्नर राणाको स्मृतिमा उक्त कार्यक्रम गर्न लागेको हो ।

    rbi governer.png

    करिब २सय जनाको उपस्थिति रहने गरी आगामी असोज ८ गते उक्त कार्यक्रम तय गरिएको छ ।राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको निमन्त्रणामा नेपाल आउन लागेका आरबीआईका गभर्नर दास नेपालमा तीनको बसाइ बिताउने भएका छन् ।असोज ७ गते उनी काठमाडौँ आउने छन्। त्यसको भोलिपल्टको कार्यक्रममा सरिक भएपछि उनले काठमाडौं उपत्यकाका विभिन्न मन्दिर दर्शन गर्ने भएका छन् । दाससँगै आरबीआइबाट करिब आधा दर्जन उच्च पदस्थ अधिकारीहरु प्नि आउन लागेका हुन् ।

    आरबीआईको गभर्नरस्तरीय  यो भ्रमण १३ वर्षपछि हुन लागेको हो। यसअघि डा. युवराज खतिवडा गभर्नर हुँदा तत्कालीन आरबीआई प्रमुख डी सुब्बाराव नेपाल आएका थिए । त्यसपछि बहालवाला गभर्नरको नेपाल भ्रमण भएको छैन।नेपाल राष्ट्र बैंकको आवश्यकता महसुस भएपछि तत्कालीन राजा महेन्द्रले अर्थसचिव रहेका राणालाई गभर्नर नियुक्त गरेका थिए।त्यतिखेर राणा शासनको अन्त्य भएर देश नयाँ  युगमा प्रवेश गर्दा विभिन्न किसिमका राजकीय संरचनाको आवश्यकता उत्पन्न भएको थियो । राणाले भन्सारलाई आधुनिकीकरण गर्ने अभियान अन्तर्गत अन्तःशुल्क विभाग खडा गरे र राजस्व प्रशासनको पारदर्शिताका लागि महालेखा परीक्षक कार्यालय गठन गरेका थिए ।

    राणाको यो दूरदृष्टि र क्षमताबाट प्रभावित भई राजा महेन्द्रले उनलाई प्रथम गभर्नर बनाएका थिए ।राजा महेन्द्र देशभर नै भारतीय मुद्रालाई विस्थापित गरेर नेपाली मुद्रा चलाउने योजना बनाएका थिए । भारु विस्थापनका लागि राष्ट्र बैंक र त्यसको नेतृत्व राणालाई सुम्पने ।भारु सटही दर इन्द्रचोक र मखनका व्यापारीहरुले तोक्थे। उनीहरुले तोकेको दरमा भारु साट्न गरिन्थ्यो । तीन वर्ष लगाएर राणाले भारुको सटही दर कायम गरे। यो कायम गर्न एकदमै मेहनत परेको थियो। 

    प्रतिक्रिया दिनुहोस